बाढीले क्षति पुर्‍याएको पुल स्थानीयवासीद्वारा मर्मत गरी सञ्चालन

गोरखा | साउन १९, २०७९

बाढीले क्षति पुर्‍याएको पुल स्थानीयवासीद्वारा मर्मत गरी सञ्चालन बाढीले क्षति पु¥याएको पुल स्थानीयवासीद्वारा मर्मत गर्दै

गोरखाको चुमनुव्री गाउँपालिका-७ मा पर्ने छुले गाउँ र निलेगाउँ जोडने काठेपुल स्थानीयबासीले पुनः मर्मत गरि सञ्चालनमा ल्याएका छन् । 

 

गएको बिहीबार आएको भीषणबाढीले छुलेगाउँ र निलेगाउँ जोड्ने छुले खोला माथिको काठे पुल बगाएपछि गाउँपालिकाको पहलमा जनप्रतिनिधि र स्थानीयवासीले मर्मत गरी सञ्चालनमा ल्याएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिनुभयो ।  

 

‘पुल खोलामा आएको बाढीले बगाएपछि दुई गाउँबीच सम्पर्क नै विच्छेद भएको थियो, उहाँले भन्नुभयो, “गाउँपालिकाले आवश्यक समन्वय गरेपछि जनप्रतिनिधि तथा स्थानीयवासीले आवश्यक सामग्री जुटाएर पुनः मर्मत गरेर  सञ्चालनमा ल्याएका हुन् ।” 

 

दैनिक मेला पर्मका लागि ओहोरदोहोर गर्नुपर्ने छुले र निले गाउँका बासिन्दा पुलको अभावमा वारी पुगेका वारी र पारी पुगेका पारी नै रोकिएका थिए । स्थानीवासीले झण्डै तीन दिनपछि आवाज जावत गर्नसक्ने गरी पुल सञ्चालनमा ल्याएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । सडक सञ्जालको पहुँच नपुगेको उक्त गाउँपालिकामा अधिकांश खोलामा काठेपुल निर्माण गरेर आवातजावत गर्नुपर्ने बाध्यता छ । 

 

बर्खा लागेसँगै खोलाले काठे पुल बगाउने गरेकाले  हरेक वर्ष यहाँका नागरिकले आउजाउमा हैरानी खेप्दै आउनु परेको थियो  । ती दुई गाउँमा करिब ६० घर परिवार बसोबास गर्दै आएका छन् ।

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।   रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...

थप पढ्नुहोस्

हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

थप पढ्नुहोस्

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्